आइतबार, चैत्र ३०, २०७६ || 557  पटक पढिएको

मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले राससलाई जानकारी दिनुभयो । कतारका लागि नारदनाथ भारद्वज, इजराइलका लागि डा अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!