आइतबार, चैत्र ३०, २०७६ || 889  पटक पढिएको

बैतडीको डिलाशैनी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा परिवारको नजिकको सदस्यले पाउने गरी रु १० लाखको बीमा गर्ने निर्णय गरेको छ । आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताउनुभयो । कार्यपालिका बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागिरु ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिका अन्तर्गतका कर्मचारीहरुको १० दिनको तलब कट्टा गरी जम्मा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णय समेत भएको प्रवक्ता रानाले जानकारी दिनुभयो । यसैगरी स्वास्थ्यकर्मीहरुलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीहरुलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय पनि भएको छ । पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण कार्य शुरु गरेको छ । प्रति परिवार रु दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिनुभयो । ¥यापिड टेस्ट शुरु जिल्लामा क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि ¥यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । शनिबार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेका १०४ जना र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका १३ जना प्रहरी र्यापीड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोट नेगेटिभ आएको हो । थ्रोट स्वाब सङ्कलन नभएका पालिकाहरुमा क्वारेन्टाइनमा बसेका नागरिकको ¥यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेका मध्ये सुर्नया गाउँपालिकाका ३२ जना, दोगडाकेदार गाउँपालिका २० जना, डिलाशैनी गाउँपालिकामा १६ जना,सिगास गाउँपालिका १७ जना र दशरथचन्द नगरपालिकाका १९ जनाको टेस्ट गरिएको हो । प्रहरी जवान आइसोलेसनमा भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए । ती जवानलाई ज्वरो आउनाका साथै पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । ती जवानको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले महाकाली नदीमा ट्युबमा तरेर आउन क्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो भएको र अवैध नेपाल प्रवेश रोक्न सीमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । विद्युुत महशुुल वडा कार्यालयले तिरिदिर्ने बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ का सम्पूर्ण दलित र गैह्रदलित समुदायका विपन्न परिवारको ३ महिनाको विद्युत महशुुल वडा कार्यालयले तिरिदिने भएको छ । वडा कार्यसमितिको आउँदो वैशाख, जेठ र असारको विद्युत महशुल तिरिदिने निर्णय गरेको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुुभयो । काँग्रेसको राहात यसैबीच नेपाली काँग्रेस पुचौंडी नगरपालिका वडा नं ६ को वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्यान्न, सरसफाइका सामग्री र रिचार्ज कार्ड वितरण गरेको छ । भूमीराज मावि कफलढुङ्ग्रामा बसेका ७ जना र जनता आधारभूत विद्यालय रौनालीचौंडमा बसेका १० जनालाई चाउचाउ, चिउरा, कोलगेट, ब्रस र प्रति व्यक्ति ५० रुपैंयाको रिचार्ज वितरण गरेको काँग्रेसका वडा कार्यसमिति सचिव मोहन साउँदले बताउनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!