आइतबार, चैत्र ३०, २०७६ || 746  पटक पढिएको

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाश गर्ने रसायनिक औषधि छर्कन शुरु गरेको छ । नगरपालिकाले दिक्तेल बजारको रत्नपार्कस्थित किराँतचोकदेखि सोडियम हाईपोक्लोराइड नामक औषधि छर्कन शुरु गरेको हो । किराँतचोकदेखि शुरु गरिएको सोडियम हाईपोक्लोराइड छर्किने अभियान रत्नपार्क, सङ्गमपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, भवनगैरालगायतका क्षेत्रमा सम्पन्न गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम ०.५ प्रतिशतको घोल बनाएर औषधि छर्कन थालिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा भाइरस तथा ब्याक्टेरिया नाश गर्न २२५ लिटर सोडियम हाईपोक्लोराइड ल्याइएको छ । एक लिटर सोडियम हाईपोक्लोराइडमा आठ लिटर पानी घोलेर कम्प्रेसर मेसिनमार्फत छर्कने गरिन्छ । उद्धारका लागि बस यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सर्वसाधारणलाई उद्धार गरेर गाउँमा ल्याउन सवारी साधन पठाएको छ । भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कने गत चैत ११ गतेदेखि सूर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई गाउँसम्म ल्याउन नगरपालिकाले बस पठाएको हो । क्वारेन्टाइनमा राखिएका नगरबासीको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि घरसम्म ल्याउन सवारी साधन पठाइएको नगरप्रमुख इवन राईले बताउनुभयो । टाँडीको क्वारेन्टाइनमा १७ दिन बसेर घर फर्कनेमा वडा नम्बर–८ धितुङका छ जना, वडा नम्बर–४ बडहरेका छ, वडा नम्बर–५ दुर्छिमका तीन र वडा नम्बरा–६ मङ्गलटारका तीन जना रहेका छन् । ज्याला मजदुरीको काम गरेर फर्कनेक्रममा बाटैमा क्वारेन्टाइनमा राखिएका उनीहरुलाई अन्यको सम्पर्कमा पुग्न नदिइ सिधै होम क्वारेन्टाइनमा पु¥याउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म खोटाङमा क्वारेन्टाइन बस्नेको सङ्ख्या २४ मात्रै पुगेको छ । धेरै मानिस होम क्वारेन्टाइनमा बसेका छन् । जिल्लामा १० स्थानीय तह रहेका मा ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड हाल खाली नै रहेको पाइएको छ । यता उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेमा फेला परेका एक पुरुषमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ । सङ्क्रमण भएको आशंकामा कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको हो । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका उनको स्वाब परीक्षणका लागि चैत २१ गते धरान पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!