बीरेन्द्रकुमार साह
हिपमत डटकम
विराटनगर, २८ मंसिर ।
नेपलकै ठूलो रियाल्टी शो द भ्वाइस अफ नेपाल बाट चर्चामा आएका गायक बलबहादुर राजवंशीलाई स्वर संगम संगीतालय विराटनगरले एक भव्य कार्यक्रमबीच सम्मान गरेको छ ।
बलबहादुर राजवंशी भाषा गायनमा स्टारको रुपमा आफ्नो छवि बनाएको छ । बलबहादुर द भ्वाइस अफ नेपालको उत्कृष्ट नौ बाट बाहिरिएका थिए ।
२०५१ सालमा पुर्वाञ्चलकै पहिलो संगीतालयको रुपमा स्थापना भएको स्वगर संगम संगीतालयले आफ्नो रजत ज्यन्तीको उपलक्ष्मा बलबहादुरलाई नगद पाँच हजार सहित प्रतिभा सम्मानबाट सम्मानित गरेका छ ।