हिपमत डटकम
विराटनगर, २८ मंसिर ।

१ बर्ष पहिले विराटनगर धरान रोड स्थित सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटको पाचौं तल्लामा आजदेखि क्यु.एफ.एक्स सिनेमा हल पनि सञ्चालनमा आएको हो । नेपालको नम्बर १ सिनेमा चेन क्यु.एफ.एक्स सिनेमाजले रिगल सिनेमाज प्रा.लि को जम्मा १६ करोडको लगानीमा आजदेखि औपचारिक रुपमा उक्त सिनेमा हल सञ्चालनमा ल्याएको छ । जम्मा ४ सय २४ जना दर्शकहरु अटाउन सक्ने सिट क्षमता रहेको यस सिनेमा हलमा २८ वटा आरामदायी र सुतेर पनि चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिटहरु रहेका छन । डेप्थ क्यु प्रविद्यि प्रयोग गरिएको यस क्यु.एफ.एक्स सिनेमा हलको दुईवटै स्क्रिनहरुमा डोल्बि एटमस साउण्ड सिस्टमको प्रयोग गरिएको छ । यसबाट दर्शकहरुले आजसम्मकै उत्कृष्ट साउण्ड क्वालिटी अनुभव गर्नसक्ने छन । त्यस्तै क्यु.एफ.एक्स सिनेमाजले नयाँ प्रविद्यिको उच्चतम प्रयोग स्वरुप आफ्नो मोबाईल एप र लोयल्टी प्रोग्राम “गोजी” मार्फत क्यासलेस ट्रान्जेक्सन र अनलाईन टिकट बुक गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस सिनेमा हलमा नेपाली, बलिवुड र हलिवुडका साथसाथै अन्य भाषाका चलचित्रहरुलाई पनि प्राथमिकतामा राखेर प्रर्दशनी गरिने सञ्चालकले जनाएको छ । यस सिनेमा हलमा चलचित्र हेर्नका लागी विक डे अर्थात सोमबारदेखि बिहिबारसम्म हप्ताको ४ दिन रु.२५० र विक एण्ड अर्थात शुक्रबार देखि आईतबारसम्म हप्ताको बाँकी ३ दिन रु. ३५० रुँपैया तिर्नुपर्ने छ । त्यस्तै सुतेर चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिटका लागी भने विक डे मा रु. ६५० र विक एण्डमा रु. ८०० टिकटको दर रेट तोकिएको छ । बिहानको शो मा ५० प्रतिशत छुटको व्यवस्था छ भने, थ्रीडी शो मा ७० रुपैया बढी तिर्नुपर्ने सञ्चालकले जनाएको छ । सुरक्षाका दृष्टिकोणले हलभित्र भित्र अर्लाम, अग्नी नियण्त्रण सेटअप र प्राथमिक उपचारकोे व्यवस्था रहेको छ । यता दैनिक करिब २ हजार ५ सय जनालाई सेवा दिन सक्ने सिनेमा यस सिनेमा हलमा स्वादिष्ट स्न्याक्सहरु समेत उपलब्ध छ ।

विराटनगरलाई सिनेमा हबको रुपमा विकसित गर्न पनि यो क्यु.एफ.एक्स सिनेमाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने सञ्चालक समितिको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!