आइतबार, चैत्र ३०, २०७६ || 555  पटक पढिएको

कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर, लकडाउनका कारण रेल सेट हस्तान्तरण हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मि श्रले बताए।

‘विभाग र रेल निर्माता कम्पनीबीचको सहमतिअनुसार मंगलरबाट रेल हस्तान्तरण हुने दिन थियो। नेपाललाई हस्तान्तरण गरिने रेल चेन्नाईको उद्योगबाट हिडिसकेको छ’, मि श्रले भने, ‘तर लकडाउनका कारण बिच बाटैमा अड्किएको छ।’

भारतमा चैत १२ गतेदेखि लकडाउन गरिएको छ। यो लकडाउन २१ दिनसम्म रहनेछ। नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन गरिएको छ। यो लकडाउन २०७७ वैशाख ३ गतेसम्म कायम हुनेछ। सम्भवत लकडाउन सकिएपछि कोंकणले रेल हस्तान्तरण गर्ने नयाँ समय सीमा तोक्नेछ। लकडाउन सकिए पनि तत्कालै नेपाली भूमिमा भने रेल ल्याउन सकिने अवस्था बनिसकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!