बिहारको जहानावादमा कोरोना संटकबीच ३ वर्षका एक बच्चाको एम्बुलेन्स कुर्दा कुर्दै आमाकै कोखमा मृत्यु भएको छ । यी बालक केही दिनदेखि बिरामी थिए । बच्चालाई लिएर उनकी आमा जहानावादको एक सरकारी अस्पतालमा पटक–पटक पुगेकी थिइन् ।
डाक्टरहरुले बच्चाको गम्भीर स्थिती देखेपछि पटना रिफर गरेका थिए । जहानावादबाट पटना झन्डै ५० किलोमिटर दूरीमा छ । बच्चालाई पटना लैजानका लागि बिरामीका परिवारजनले एम्बुलेन्सका लागि दुईघण्टा यता–उता भड्कनुप¥यो , यतिबेलासम्म बच्चाको मृत्यु भइसकेको थियो ।
लक डाउनको बेला भारतको बिहार मा एमबुलेस नपाएर एउटा शिशुको ज्यान गयो ।
Posted by हिपमत डटकम on Saturday, April 11, 2020