शनिबार, चैत्र २९, २०७६ || 829  पटक पढिएको

सरकारले लकडाउनको अवधि अझै लम्ब्याउने संकेत गरेको छ । कम्तिमा अर्को १० दिन लकडाउन लम्ब्याएर विस्तारै खुकुलो पार्ने गरी रणनीति तय गरेको बुझिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अबको १५ दिन कोभिड-१९ विरुद्ध निर्णायक लडाईं हुने बताए । उनले आज ऋषि धमलासँग एनआरएन रेडियोमा भने, ‘अब १०- १५ दिन भनेको लडाइँको एकदमै अन्तिम अवस्था हो । यसको लागि सबै एकजुट हुनैपर्छ । सबै मिलेर जानुपर्छ र मिल्नुपनि भएको छ ।’ उनको अभिव्यक्तिले पनि सरकार वैशाखको दोस्रो हप्तासम्म लकडाउन खोल्ने अवस्थामा नरहेको बुझ्न सकिन्छ ।

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन लम्ब्याएर ३ वैशाखसम्म पुर्याएको छ । अब यसलाई कम्तिमा १० दिन लम्ब्याएर कोरोना भाइरसको संक्रमण मुक्त अवस्था बनाउने लक्ष्य लिएको छ ।

पछिल्लो तथ्यांक अनुसार चार हजारभन्दा बढीको कोभिड १९ टेष्ट भइसकेको छ । रयापिट टेष्टहरु पनि नगर नगरमा भइरहेका छन् । यो क्रम अझै दुई हप्ता लाग्ने डा. देवकोटाको भनाई छ । यसपछि देशभर कोरोना भाइरसको संक्रमण नबढेमा सरकारले नयाँ कदम चाल्ने जानकारी दिए । उनले भने, ‘यो फेजको चेकजाँच सकिएपछि परिणाम हेरेर लकडाउन लम्ब्याउने, नलम्ब्याउने भन्ने त्यसपछिको रणनीति तय हुन्छ ।’

१० दिनभित्र रयापिट टेष्ट र शंकास्पद विरामीको टेष्ट सकिसक्ने गरी काम भइरहेको डा. देवकोटाले बताए । कतै कुनै कोरोना संक्रमित लुकेर बसेको छन् भने पनि पत्ता लगाउने गरी काम भइरहेको उनले बताए ।

अहिलेसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमित भेटिएकाले सरकार उत्साही छ । बितेको केही दिन नयाँ संक्रमित भेटिएका छैनन् । शंकास्पद विरामीलाई आइशोलेशनमा राखिएको छ । संक्रमितहरु उपचाररत छन् । उनीहरुलाई दुई हप्ताको साटो २१ दिन राखेर उपचार भइरहेको छ । नयाँ रोगी नभेटिएमा सरकारले लकडाउन खोलेर विदेशबाट आउनेहरुलाई कम्तिमा २१ दिन आइशोलेशनमा या क्वारेन्टाइनमा राखेर निगरानी गर्ने तयारी गरेको छ । विमानस्थल वैशाखभर बन्द गरेर भएपनि आन्तरिक रुपमा कोरोनाको संक्रमण मुक्त अवस्था सृजना गरिने गरी तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!