खबर ठुलो छ

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गर्नुभएको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आ–आफ्नो तह र तप्काबाट एकअर्काको सहयोग गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा उहाँले लकडाउनका सयममा अदालतमा आंशिक काम भइरहेको हुँदा कानून व्यवसायी र समाचार सङ्कलन गर्ने सञ्चारकर्मीलाई नेपालभर आवतजावत गर्नुपर्ने हुँदा परिचयपत्रको आधारमा साधनसहित आवतजान गर्न दिनुपर्ने माग गर्नुभएको छ । नयाँ वर्ष तथा सुदूरपश्चिम प्रदेशमा धार्मिक रीतिरिवाज तथा परम्पराका नाममा भीडभाड हुने गरी लकडाउन तोड्ने सम्भावनालाई कडा निगरानी गर्न र जाँचको दायरा बढाउन सरकारसँग माग गर्दै विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार बनाउन र परीक्षणका लागि जनचेतना जगाउने काममा जोड दिनुपर्छ ।” एशोसिएशनले लकडाउनको अवस्थामा घरमा बसेका नागरिकलाई पनि घरघरमा गएर स्वाब परीक्षण गर्ने वातावरणको व्यवस्था मिलाउन आग्रह गर्दै मास्क र स्यानिटाइजरलाई सर्वसुलभ बनाउन माग गरेको छ । कैदीबन्दीलाई आधारभूत स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न, सिमानामा अलपत्र परेकालाई व्यवस्थित तरिकाले नेपाल फर्कने वातावरण मिलाउन, राहत पारदर्शी तरिकाले वितरण गर्न, आपूर्ति व्यवस्थापन सहज गर्नलगायतका माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार, चैत्र २९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया