हिपमत डटकम
धनुषा, २८ मंसिर ।

धनुषामा शक्तिशाली बम बिस्फोट हुँदा प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित एकै घरका बुवा र छोराको मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा शुक्रवार राति ११ बजे तिर बम बिस्फोट हुँदा ४५ बर्षीय राजेश साह र उनको १५ बर्षीय छोरा आनन्द साहको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

हाल सम्म उक्त घटनामा कुल ३ जनाको मृत्यु भएको छ भने घाईते भएका थप ४ जनाको उपचार भई रहेको छ । घटनामा परेर मृतक आनन्दका कान्छो छोरा १५ बर्षीय प्रेम कुमार साह र छोरी अन्जली कुमारी साह पनि घाईते भएका छन् । घाइते भएका ती दुवै जना भाई बहिनीहरुको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।

त्यसै गरी घाइते भएका अबस्थामा प्रहरी निरीक्षक दाहाल सहित घाइते भएका अर्का प्रहरी राजनाथ महतो लाई पनि थप उपचारका लागि धरान पठाईएको थियो । तर, प्रहरी निरीक्षक दाहालको उपचारकै क्रममा शनिवार बिहान ७ बजे तिर मृत्यु भएको डिएसपी कार्कीले लोकान्तरलाई बताएका छन् । त्यसै गरी घटनामा परेर घाइते भएका मृतक राजेशका ७० बर्षीय बुवा भिखारी साहको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

घाइते भिखारी साहको बयान

मेरो महेन्द्रनगरमा दुई ठाउँमा घर छ । एउटा घरमा छोरा बुहारीहरु बस्छन भने अर्को घरमा म आफ्नो श्रीमती संग बस्दै आएको छु । राति ११ बजे को समय थियो होला । मेरो छोरा राजेश पिसाब गर्न घरको शौचालय तथा चापाकल भएको गेट तिर निस्किएका थिए । त्यतिकैमा उनले गेटमा झोलामा केही शंकास्पद बस्तु झुन्ड्याएको देखे ।

अनि राजेश घर नजिकै रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पुगे र जानकारी गराए । त्यतिकैमा म पनि घरमा पुगी सकेको थिएँ । त्यहाँ पुग्दा प्रहरीको भान दुई पटक सडकमा आवागामन गर्दै थियो । इन्स्पेक्टर सा’ब पनि प्रहरी टोली लिएर पुग्नु भएको थियो । झोलामा झुन्ड्याइएको बस्तुलाई उहाँले छोएर हेर्र्ण थाल्नु भयो । केही पनि छैन भनेर भन्दै झोलालाई छाम्न थाल्ने बित्तिकै ठुलो आवाज सहित पड्कियो । त्यस पछि म पनि बेहोस भएन, के भयो भन्ने कुरा थाहै हुन सकेन ।

घाइते भएका भिखारीलाई बिहान मात्र थाहा भएछ की उनले त्यो घटनामा आफ्ना छोरा र नाति समेत गुमाई सकेका छन् । ‘पुरै स्नासार नै एकै छिनमा ध्वस्त भयो,’ भन्दै उनी आँखाबाट बगेको आँसुलाई थाम्न सकिरहेका छैनन् । उनको टाउकोमा चोट लाग्नुको साथै देब्रे आँखामा लागेको चोटका कारण देख्न नसकिएको उनले लोकान्तरलाई बताए ।

राजेश महेन्द्रनगरमैं औषधि पसल संचालन गर्दै आएका थिए । क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारका अनुसार राजेश सामान्य औषधिको पसल संचालन गरेर जिबिको पार्जन गर्दै आउनुका साथै ब्याजमा समेत रुपैयाँ लगानी गर्ने तथा लेनदेन गर्दै आएका थिए । कसै संग लेनदेनको बिबाद थियो वा अन्य केहि कुरा त्यस बारे अहिले सम्म कुनै कुरा खुल्न नसकेको पजियारले बताए । ‘राजेशले कसैलाई रुपैयाँ पैसा लगानी गरेको हुन सक्छ र ती मान्छे बिगतमा माओबादी वा जनतान्त्रिक समुहमा लागेर बम बनाउन सिकेको व्यक्तिले समेत बम राखेको हुन सक्ने मेरो अनुमान छ,’ मेयर पजियारले भने, ‘त्यो मेरो अनुमान मात्र हो, थप कुरा त प्रहरीले अनुसन्धान बाट बाहिर ल्याउनेछ ।’ घटना भएको राजेशको मेयर पजियार छिमेकी पनि हुन् । ‘ घटनास्थल भएको राजेशको घर र मेरो घर बीचको दुरी ५० मिटरको मात्रै छ,’ मेयर पजियारले भने, ‘अत्यन्तै दुखद घटना भयो ।’

शंकास्पद बस्तु बम नै हो भन्ने एकिन गर्न प्रहरी निरीक्षक दाहालले आफैं झोला नाछामेर नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर निष्क्रिय गराउन सकेको भए त्यत्रो ठुलो दुर्घटनाबाट जोगिन पनि सक्निथ्यो । एता प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको छ । कसले र किन बम राजेशको घरमा राख्यो भन्ने कुरा प्रहरीले अहिले पत्ता लगाउन सकेको छैन ।लोकान्तर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!