शनिबार, चैत्र २९, २०७६ || 614  पटक पढिएको

नेपाली शिक्षकहरुको पहिलो सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अनलाइन प्रविधिको माध्यमबाट आफ्नो ४१ औँ स्थापना दिवस मनाएको छ । कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी भएका कारण सो दिवस भर्चुअलरुपमा मनाइएको हो । ‘सदैव अडिग पेशागत स्वाभिमान, मूल्य र मान्यता ः कोभिड १९ विरूद्धको युद्धमा सक्रिय सहभागिता’ को नारासहित मनाइएको दिवसमा भिडियो कन्फ्रेन्स र सन्देश आदान प्रदान गरिएको छ । विस. २०३६ जेठ २ गते मकवानपुरको भुटनदेवी माविमा भएको भेलाले बद्रीप्रसाद खतिवडाको नेतृत्वमा सो सङ्गठनको स्थापना गरेको थियो भने सोही वर्षको चैत २९ गते तत्कालीन सरकारले सङ्गठनको विधान स्वीकृत गरेको थियो । शुभकामना आदानप्रदानसहित शिक्षक आन्दोलनको इतिहास र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सङ्गठनले अगुवाहरुसहितको छलफल आयोजना गरेको सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिनुभयो । अध्यक्ष र्शा धादिङबाट, पूर्व अध्यक्ष एवं नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा र संस्थापक अध्यक्ष खतिवडा ललितपुरबाट, महासचिव हंशबाहादुर शाही केन्द्रीय कार्यालयबाट र अन्य पदाधिकारीसहित १०० जना आफ्नो आफ्नो स्थानबाट सहभागी हुनुभएको थियो । जुम मिटिङ प्ल्याटफर्क र फेसबुक मेसेन्जर प्रयोग गरी कार्यक्रम गरिएको थियो । हाल मुलुकका करिब चार लाख शिक्षकहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!