शनिबार, चैत्र २९, २०७६ || 982  पटक पढिएको

बन्दाबन्दीको उल्लंघन गर्दै हरिपुर नगरपालिका १ हरिहरमाई क्षेत्रमा एक महिनादेखि धार्मिक मेला लागेको छ । गत फागुनको अन्तिम सातादेखि शुरु भएको मेला अहिले पनि जारी छ । मेलामा दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन् । नागाबाबालाई हेर्न र दर्शन गर्न वरिपरि गाउँबाट दैनिक सयाँैं भक्तजन आउने गरेको स्थानीयवासी दुखा मण्डलले बताउनुभयो । मध्याह्न १२ बजे चर्को घाममा नागाबाबा एक महिनादेखि यज्ञसहित पञ्चधुनी तापेर बस्ने गरेका छन् । उनलाई दर्शन गर्दा इच्छाशक्ति प्राप्ति हुने र पाप नाश हुने भक्तजनको विश्वास छ । स्थानीय प्रशासनले पटकपटक यज्ञ रोक्न आग्रह गर्दासमेत नमानेपछि बुधबार राति इलाका प्रहरी कार्यालय मुर्तियाले डिजे र माइक जफत गरेको थियो । धार्मिक यज्ञमा धेरै मानिस एकैपटक जमघट हुँदा कोरोना भाइरसको संक्रमण हुने आशङ्काले स्थानीयवासी चिन्तित छन् । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम उच्च रहेकाले धार्मिक मेला र यज्ञ स्थगन गर्नुपर्ने उनीहरुको माग छ । मेलास्थल राष्ट्रिय वन भएकाले अतिक्रमण गरी मेला लगाउन नहुने भनी एक पटक मेला हटाइएको सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत सुवासचन्द्र साहले बताउनुभयो । सरकारले जारी गरेको लकडाउन बेवास्ता गरी यज्ञ भने लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!