शनिबार, चैत्र २९, २०७६ || 3569  पटक पढिएको

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण भारतमा फैलाउन आफूले गोप्य योजना बनाएको भन्ने भारतीय मिडियाकाे आराेप निराधार र पूर्वाग्रहबाट प्रेरित रहेको पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम अन्सारी मियाँले बताएका छन्।

उनले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले शुक्रबारदेखि भारतीय मिडियाले एकहोरो समाचार प्रकाशित गरिरहेको आरोप लगाए। उनले कुनै दिन भारतीय मिडिया कोरोना भाइरस नै आफूले बनाएको समाचार प्रकासित गर्नपछि नहट्ने ब्यंगसमेत गरे।

उनले आफूविरुद्ध सड्यन्त्र भइरहेको आरोप पनि लगाए। शुक्रबार दिउँसो सोसल मिडियामा आफूविरूद्ध लागेको आरोपको खण्डन गर्दै उनले भनेका छन्, ‘भारतीय मिडियाले चीन, अमेरिका, युरोप,अफ्रिकामा पनि जालिम अन्सारी मियाँ र मुस्लिमहरूले कोरोना फैलाएको भन्न बेर छैन। विश्व र आफ्नो देश यति ठूलो महामारीविरूद्ध लडिरहेको बेला म जस्तो जिम्मेवार व्यक्तिले यति घृणित कार्य गर्न त के, सोच्न पनि सक्दिनँ।’

https://www.facebook.com/breaknlinksnp/videos/266955527799480/?v=266955527799480

उनले आफूले गल्ती गरेको भए प्रचलित कानुनअनुसार जुनसुकै कारवाही भोग्न तयार भएको भन्दै भारतीय मिडियालाई अफवाह नफैलाउन आग्रह गरे। उनले नेपाल सरकारसँग आफ्नो चरित्रहत्या गर्ने व्यक्ति तथा संस्था उपर तुरुन्त कारवाही गर्न पनि आग्रह गरेका छन्।

भारतीय मिडियाले बिहार–नेपाल सीमामा अवस्थित पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम अन्सारी मियाँले ४०–५० कोरोना पीडित मुसलमानलाई भारत पठाएर संक्रमण फैलाउन मद्दत गरेको उल्लेख गरेका छन्।

भारतीय मिडियाले भनेका छन्, ‘जालिम नेपाली हुन् र उनी भारतमा कोरोना फैलाउने योजनामा ​सक्रिय ​छन्। उनी नेपालबाट कोरोना संक्रमित मुसलमानहरु भारत पठाउने गर्छन। साथै उनी  हतियार तस्करी, भारतीय नक्कली नोट र लागूपदार्थ तस्करीमा संलग्न छन्।’

भारतीय समाचारले बिहारका डीजीपी गुप्तेश्वर पाण्डेलाई उल्लेख गर्दै जालिमलाई छलफलको लागि बोलाइए पनि उनी नआएको उल्लेख गरेको छ। साथै कोरोनो संक्रमित व्यक्तिको रिपोर्ट माग गरेको पनि उल्लेख गरेका छन्।

नेपालमा हालसम्म कोरोना भाइरसका ९ जना मात्र संक्रमित फेला परेका छन्। तीमध्ये ४ जना धनगढीको सेती प्रादेशिक अस्पताल, २ जना बाग्लुङ र ३ जना काठमाडौंको टेकु अस्पतालमा स्वास्थ्य लाभ गराइरहेका छन्।

हालसम्म नेपालमा कुनै मुसलिममा कोरोना भाइरसको संक्रमण देखिएको छैन। तीन साताअघि भारतीय राजधानी नयाँ दिल्लीको निजामुद्दीनमा एउटा ठूलो मुस्लिम धार्मिक सभाको आयोजना भएको थियो। त्यो सभामा विश्वका मुस्लीम धर्मगुरु लगायत नेपालका मौलवी पनि समावेश भएका थिए।

तबलिगी जमातको आयोजनामा भएको यो धर्म सभामा ४ सय जनामा कोरोनाको संक्रमण फैलिएको भारतीय अधिकारीको दावी छ। तर, यसको पुष्टी भने हुनसकेको  छैन। सभाको आयोजना गर्ने तबलिगी जमातका नेता मौलाना मोहम्मद साद कंधालवीविरुद्ध सरकारी आदेश पालना नगरेको आरोपमा दिल्ली प्रहरीले अदालतमा मुद्धा दायर गरिसकेको छ।

सभामा भाग लिएर नेपाल फर्किएका जगरनाथपुर र मुर्लीका १६ जना मौलवीलाई वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ भने भिस्वाका २ जनालाई गाउँकै क्वारेन्टाइनमा राखिएको सरकारी तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!