खबर ठुलो छ

कैलालीका स्थानीय सरकारहरू कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन् । देश सङ्कटमा परेका बेला स्थानीय सरकारहरू अहिले जिल्लामा भारत तथा विदेशबाट फर्किएकाको लगत सङ्कलन गरी निगरानी कक्ष (क्वारेन्टाइन) मा राख्ने, विपद् व्यवस्थापन कोष स्थापना, विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउने, जनचेतना फैलाउनेलगायत कार्यमा सक्रियता देखाइरहेका छन् । कैलालीको लम्किचुहा नगरपालिकाले आफ्नो छुट्टै विपद् व्यवस्थापन कोष खडा गरेको नगर प्रमुख महादेव बजगाईँले जानकारी दिनुभयो । कोषमा नगरपालिकाबाट रु २० लाख, जनप्रतिनिधिको सेवा शुल्कबाट रु ६ लाख, नगरपालिकाका कर्मचारीबाट रु दुई लाख पचास हजार, शिक्षकबाट रु ६ लाख र विभिन्न सङ्घसंस्थाको सहयोग रु १३ लाख गरी रु ४७ लाख पचास हजार जम्मा भएको र सहयोग रकम आउने क्रम जारी रहेको जनाइएको छ । लकडाउनका समयमा मजदूरी गरेर बिहानबेलुकाको छाक टार्ने तीन हजार पाँच सय विपन्न परिवारलाई खाद्यान्न वितरण गरिसकिएको जनाइएको छ । लम्किचुहामा एक जना कोरोना सङ्क्रमित भेटिएपछि अझै बढी सतर्कता अपनाइएको र लकडाउनलाई कडा पारिएको नगर प्रमुख बजगाईँको भनाइ छ । नगरपालिकाका ६ ठाउँमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । क्वारेन्टाइमा अहिले भारतबाट आएका १५० जनालाई राखिएको छ । तीमध्ये ५० जनाको स्वाब परीक्षण भएकामा एक जनामा पोजेटिभ र बाँकीमा नेगेटिभ देखिएको बजगाईँले बताउनुभयो । गोदावरी नगरपालिकाले स्थानीयस्तरमा जनचेतना फैलाउने, कीटनाशक औषधि छर्कने, नगरका विपन्न परिवारलाई राहत वितरण गर्ने काम गरिसकेको नगरपालिकाका उपप्रमुख रत्ना कठायतले जानकारी दिनुभयो । उपप्रमुख कठायतका अनुसार नगरपालिकाले चार ठाउँमा क्वारेन्टाइन बनाएको र त्यहाँ अहिले ५० जनालाई राखिएको छ । तीमध्ये ¥यापिड टेष्ट १९ जनाको गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले रु एक करोडको विपद् व्यवस्थापन कोष खडा गरेको छ । नगरपालिकालाई विभिन्न सङ्घसंस्थाबाट प्राप्त खाद्यान्नलगायत सहयोग जनतामाझ पु¥याइएको जनाइएको छ । बर्दगोरिया गाउँपालिकाले दुई ठाउँमा क्वारेन्टाइन सञ्चालन गरी स्वाथ्यकर्मीको निगरानीमा १५ जनालाई राखेको अध्यक्ष बलिराम चौधरीले बताउनुभयो । रु ११ लाखको विपद् व्यवस्थापन तयारी कोष तथा नगरपालिकाका दुई ठाउँमा क्वारेन्टाइन र एक ठाउँमा आसोलेशन वार्ड बनाएर रोकथामका लागि गौरिगंगा नगरपालिका जुटिरहेको छ । नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइनमा २५ र आइसोलेशन वार्डमा दुई जनालाई राखिएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिनुभयो । नगरपालिकाले अतिविपन्न एक हजार पाँच सय परिवारलाई खाद्यान्न वितरण गरिसकेको जनाइएको छ ।

शनिबार, चैत्र २९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया