खबर ठुलो छ

“गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के रु भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।” सिन्धुपाल्चोक जलवीरे स्थायी घर भई यहाँ दूध उत्पादनका लागि व्यावसायिकरूपमा भक्तपुरमा गाई पाल्दै आउनुभएका दीपेन्द्र थापा सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि बन्दाबन्दी ९लकडाउन० घोषणा गरेको १८ औँ दिन बिहान गोठमा बिक्री नभएको दूध पनिरका लागि तताइरहनुभएको अवस्थामा भेटिनुभयो । राष्ट्रिय समाचार समिति ९रासस०सँगको कुराकानीमा उहाँले भन्नुभयो, “लकडाउन घोषणा गरेपछि दाना पाउन कठिन भएको, पराल र चोकरको मूल्य आकाशिएको, दाना र घाँस कम भएपछि गाई दुब्लाएर दूध घट्नु स्वाभाविकै हो, अब गाई नै पनि जोगाउन धौधौ पर्ने भो ।” लकडाउनपछि ठूलो सङ्ख्यामा मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएपछि दूधसमेत बिक्री हुन छाडेको छ । शहरभित्रका धेरै डेरी अहिले बन्द छन्, खुलेका छैनन् । सामान्य अवस्थामा प्रतिदिन २०० लिटरभन्दा बढी दूध बेच्दै आउनुभएका थापाको गोठमा अहिले उत्पादन आधा भएको छ । त्यो पनि बिक्री नभएर पनिर बनाउने तारतम्य मिलाउनुपरेको छ । यहाँका किसानले प्रतिकिलो पनिर रु ५०० मा बिक्री गर्दै आएका छन् । दुई वर्षअघि पाँच रोपनी जग्गा भाडामा लिई करिब रु ३० लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका थापाका गोठमा अहिले सानाठूला गरी २६ गाई छन् । गाईको स्याहारका लागि परिवारका अतिरिक्त दुई कामदार ९गोठाला० राखेका कृषक थापाले मासिकरूपमा गाईका लागि रु दुई लाखभन्दा बढीको दाना र पराल किन्दै आउनुभएको छ । चोकर प्रतिबोरा रु ६५० र दाना प्रतिबोरा रु दुई हजार ४०० पर्ने भए पनि सहजरूपमा पाउन कठिन रहेको कृषक थापाको भनाइ छ । गाईका लागि गहुँ, पिना, मकै, चना मिसाइएको दाना भारत र पराल तराई क्षेत्रबाट ल्याइने गरेको छ । “दानापानी पेटभरि खुवाउन सकिएमा एउटा गाईले प्रतिदिन २२ लिटरसम्म दूध दिन्छ”, उहाँले भन्नुभयो । दूध लिने धेरै ग्राहक गाँउतिर लागेकाले उठाउन पर्ने पैसा धेरै बाँकी रह्यो, अहिले उत्पादन भएको दूध पनि बिक्री हुन्न, बल्लबल्ल पाइएको दाना, पिठो र चोक्कर लिने ठाउँमा नगद देऊ भन्छन् हामीले कहाँबाट ल्याएर किन्ने, साह्रै बिलखबन्दमा परिएको छ, व्यवसायकै विकल्प खोज्नुपर्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ । भर्खरै गाईपालन शुरु गरेका कृषक पुरुषोत्तम ढकालले भन्नुभयो, “हामी मात्र होइनाँै, संसारभरकै मानिसको जनजीवन कोरोना भाइरसबाट प्रभावित छ, व्यावसायिकरूपमा कुखुरा, गाई र भैसीपालन गर्दै आएका, न्यून आय भएका श्रमिक वर्ग बढी जोखिममा परेका छन् । गाईलाई दिने भुस्साको मूल्य निकै बढेको छ, दाना पाउनै गाह्रो छ, अहिलेसम्म जसोतसो चलाएका छौँ, अबको चुनौती धान्न अप्ठ्यारो छ, सरकारले ऋणको ब्याज र बीमाजस्ता विषयमा कृषकलाई राहत दिनुपर्छ”, उहाँलेृ भन्नुभयो । चल्ला मर्ने भए, हामी ऋणमा डुब्ने भयौँ यहाँ कुखुराका चल्लाको थोक व्यापार÷व्यवसाय गर्दै आउनुभएकी चञ्चला हुमागाईं लकडाउनपछि दानाको अभावप्रति सङ्केत गर्दै भन्नुभयो, “खाल्डो खनेर पुरिए ऋणमा डुबिन्छ, दाना खुवाउन सकिएन भने कुखुराले–कुखुरा नै खाएर खोर रित्तिन्छ ।” बालाजु र थिमिबाट जेनतेनरूपमा दाना ल्याएर आजसम्म खुवाउँदै आउनुभएकी व्यवसायी हुमागाईंको खोरमा अहिले करिब २५ हजार चल्ला छन् । “चल्ला बिक्री ठयाप्पै छ, दाना खुवाएर अड्याउन सकिए खुलेपछि बिक्री होला भन्ने आसमा छौँ, तर यो अवस्था कायमै रहे हाम्रो केही उपाय छैन, चल्ला मर्छन्, हामी डुब्छौँ”, उहाँले भन्नुभयो । नौ रोपनी जग्गा भाडामा लिएर कुखुराफार्म सञ्चालन गर्दै आउनुभएकी हुमगाईंको उक्त फार्ममा रु ३५ लाख लगानी भएको छ । उक्त फार्ममा एक दिनका लागि ५० बोरा आवश्यक पर्ने भए पनि दानाको अभावमा चल्लाको सास अड्याउने मात्र काम भएको बताउँदै हुमागाईंले भन्नुभयो, “दाना दिन नसकेपछि चल्लाले चल्ला खान्छ, त्यो हेर्नेभन्दा अरु उपाय केही रहन्न ।” कोरोनाका कारण व्यवसायबाट १० वर्षमा पनि उक्सन कठिन हुने उहाँको आँङ्कलन छ । एकदिने चल्लालाई प्रतिगोटा रु ६० देखि ६५ मा खरिद गरी ल्याएर एक्काइस दिनभित्रमा बेचिसक्ने उक्त फार्मका चल्ला दोलखा, ओखलढुङ्गा, रामेछापदेखि सोलुखुम्बुसम्म जान्थे । तर अहिले बिक्री ठप्प भएका कारण पाँच हप्तासम्मका चल्ला खोरमै छन् । उद्योगले दान उधारोमा दिएन, चल्ला बिकेको छैन, हातमा पैसा छैन, साथीभाइको ऋण पनि धेरै भइसक्यो, उहाँले भन्नुभयो । माउ कुखुरा धमाधम घटाइँदै रोल्पा स्थायी घर भई यहाँ व्यावसायिकरूपमा लेस कुखुरापालन गर्दै आएका तेजेन्द्र खत्री पनि दानाको अभाव भएपछि खोरमा रहेका कुखुराको सङ्ख्या धमाधम घटाउँदैछन् । उहाँले भन्नुभयो, “दाना ‘सटेज’ भएपछि खोरमा आधा मात्र कुखुरा राख्ने विचारमा छु । ३० बोरा दाना मगाउँदा १० बोरा मात्र ल्याइदिन्छ, दाना नभएका कारण सङ्ख्या घटाए पनि पेशा भने परिवर्तन गर्नेमा म छैन ।” अहिलेसम्म दाना खुवाएको र भ्याक्सिन दिएको हिसाबले प्रतिगोटा रु ६०० लागत रहेकामा घाटा खाएर भए पनि रु ३५० प्रतिगोटा बिक्री गर्दै आएको खत्रीको भनाइ छ । श्रीमान् श्रीमतीका अतिरिक्त दुई जनालाई उहाँले फार्ममा रोजगारी दिनुभएको छ । अरु व्यवसायको तुलनामा काम सजिलो छ, लकडाउनले केही समस्या आए पनि व्यवसायप्रति खत्री सन्तुष्टि व्यक्त गर्नुहुन्छ । बोडेस्थित न्यूपञ्चकन्या सप्लायर्सका सञ्चालक बाबुराम थापाले भन्नुभयो, “लकडाउनका कारण धेरै मान्छे गाउँ गएकाले मासुको खपत कम भएको छ, तैपनि अघिपछिको तुलनामा एकतिहाइ मासु बिक्री हँुदै आएको छ । उक्त सप्लायर्सबाट थोक रु २५० र खुद्रा प्रतिकिलो रु २७० मा मासु बिक्री हुँदै आएको छ । पेशाप्रति गौरव छ ः पुष्प व्यवसायी सिन्धुलीे दुधौलीका ज्ञानबहादुर खड्काले भन्नुभयो, “लकडाउनका कारण पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था छैन, पुष्प व्यवसाय भनेको धैर्यता हुनेले गर्ने पेशा हो, यसमा मलाई गौरव छ ।” कोरोनाको सन्त्रासका कारण धेरै होटल बन्द रहेको तथा अरु औपचारिक कार्यक्रम नभएपछि पुष्प व्यवसायलाई केही समस्या परे पनि बिहान बेलुका धेरथोर बिक्री भइरहेको उहाँको भनाइ थियो । फूल बिक्रीको मौसम नभएकाले पुष्प व्यवसायीलाई त्यति ठूलो असर भने परेको देखिन्न । फूलको नर्सरी बनाउन उहाँले रु १० लाख रकम खर्च गर्नुभएकोमा वार्षिकरुपमा रु २० लाख बराबरको कारोवार हुँदै आएको छ । उहाँको तरकारी र पुष्प फार्ममा लकडाउन भए पनि १० जनाले निरन्तर रोजगारी पाइरहेका छन् । थापाले भन्नुभयो, “सङ्कटका बेला धैर्य गुमाउनुहुन्न, कोभिड–१९ विश्वकै समस्याका रुपमा देखिएको छ, यो बेला आत्मबल बढाएर जोखिमबाट जोगिएर काम गर्नुपर्छ ।”

शनिबार, चैत्र २९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया