शनिबार, चैत्र २९, २०७६ || 587  पटक पढिएको

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफँैले शुक्रबार उद्धार गरेको जनाएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिनुभयो । पेटमा शिशु उल्टो अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पु¥याइएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उहाँको गुनासो छ । करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानाको विकल्प छैन । भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पु¥याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!