शनिबार, मंसिर २८, २०७६ || 1832  पटक पढिएको

हिपमत डटकम
खोटाङ , मंसिर २८ गते

खोटाङको रावाबेशि गाउपालिका-४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाबारेमा प्रहरी चौकी डुम्रेधारापानिमा जानकारी हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका-११ बस्ने बर्ष २६ को राम बहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको थियो । दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका-४ गुहेले बस्ने बर्ष ४० को रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!