हिपमत डटकम
बिराटनगर , मंसिर २८ गते ।
नेपाली सुगम संगीतमा निकै राम्रो सम्भावना भएका गायक दिल कुमार लिम्बुको आवाजमा रहेको “पागल बनायौँ “गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमिकाको यादमा दिन विताउने प्रेमीको भावनालाई गीतमा समेटिएको छ । प्रेमिकाको यादमा जिवनमा भएको उतार चढावलाई गीतमा समेटिएको गायकले बताए । जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको कुरा उनले बताए । दिल कुमार लिम्बुको शब्द तथा संगीत गीतमा रहेको छ । उत्सव दाहालको छायाँकन , निशान घिमिरेको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ । “पागल बनायौँ ” गीतको भिडियोमा जुना सुन्दास, अर्जुन क्षेत्री र पुर्ण लिम्बुको फिचरिङ तथा अभिनय रहेको छ । गीतमा प्रेमको त्रिकोणात्मक सम्बन्धलाई ब्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!