खबर ठुलो छ

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन् । चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन् । राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन र ०७५÷०७६ देखि निश्चित क्षेत्र बनाएर चैतेधानको खेती गरिँदै आएको छ । राजापुर क्षेत्रमा २०७३ सालदेखि तत्कालीन कृषि बिकास कार्यालयले पकेट क्षेत्र बनाएर परीक्षणका रुपमा चैतेधान खेतीको शुरुआत गरेको थियो । धान राम्रो उत्पादन हुने देखिएपछि धान सुपर जोन घोषणा गरी किसानको समूह बनाएरै रोपाइँ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत सरकारले आवश्यक सहयोग गर्दै आएको छ । परियोजनाले किसानको सहभागितामा धान सुपरजोन सञ्चालक समिति बनाएर काम गरिरहेको छ । परियोजनामा १९५ समूह र सहकारी आबद्ध रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख टपेन्द्रबहादुर शाहले बताउनुभयो । धान सुपरजोन सञ्चालक समितिको सहसंयोजकसमेत रहनुभएका राजापुर ३ का ४१ वर्षीय पहारी थारुले एक्लै १२ बिघा जग्गामा चैतेधान खेती गर्नुभएको छ । लकडाउनको पालना गर्दै धान रोप्ने यन्त्रको प्रयोग गरेर रोपाइँ गरिएको उहाँले बताउनुभयो । लकडाउनका समयमा घरका परिवारका सदस्य जम्मा भएको हुँदा काम गर्न सहज भएको कृषक बताउँछन् । हरेक किसानले आफ्नै घरपरिवारका सदस्य लगाएर रोपाइँ गरेकाले कोरोना भाइरसको जोखिमसमेत कम भएको राजापुर ४ का किसान शर्मा थारुले बताउनुभयो । गत वर्ष पाँच सय हेक्टर क्षेत्रमा लगाइएको चैतेधान २५ हजार क्वीन्टल उत्पादन भएको थियो । यस वर्ष राजापुर क्षेत्रका दुई स्थानीय तहमा चैतेधान रोपाइँ भएको छ । यस वर्ष ५० हजार क्वीन्टल धान उत्पादन हुने लक्ष्य राखिएको परियोजनाका प्रमुख शाहले बताउनुभयो । कोरोनाविरुद्धको लकडाउनका समयमा चैतेधान रोपाइँ गरिए पनि धानमा राखिने मल नपाइने हो कि भन्ने चिन्ता कृषकलाई छ ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया