खबर ठुलो छ

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको ‘लकडाउन’ का कारण देशभरका रक्तदान कार्यक्रमलाई पनि प्रभावित पारेको छ । यसले गर्दा स्वास्थ्यक्षेत्रमा रगतको अभाव देखिएको छ । रगतको अभावलाई मध्यनजर गर्दै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ युनिटले रक्तदान गरेको छ । निर्माण युनिटले फिल्मसँग जोडिएका ४० बढी ब्यक्तिबाट रक्तदान गराएको हो ।

फिल्मका निर्माता निर्देशक सन्तोष सेनले फेसबुक मार्फत् रक्तदानको जानकारी गराएका छन् । उनले सामाजिक दूरी कायम गरेर भिडभाड नगरि दुई–दुई जना गरेर रगतदान गरेको बताए । निर्माता सेनसँगै ‘प्रेमगीत ३’ का अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, अभिनेता मनिष राउतलगायतले राजधानी ग्रिनसिटी हस्पिटलमा पुगेर रक्तदान गरेका छन् ।

रक्तदानबाट ४० पाकेट रगत जम्मा भएको छ । सो रगतले देशभर नपुगे पनि भीडभाड नगरि रक्तदानका लागि प्रेरित गर्न आफ्नो युनिटले रक्तदान गरेकोे निर्माता सेनको भनाइ रहेको छ । यस अगाडि ‘प्रेमगीत ३’ युटिनले ११ हजार मास्क समेत वितरण गरेको थियो । देश तथा जनतालाई परेको अप्ठ्यारो परिस्थितिमा यो युनिटले बेला–बेलामा सहयोग गर्दै आएको छ ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया