शुक्रबार, चैत्र २८, २०७६ || 615  पटक पढिएको

पाँचथर जिल्लाको सर्वपक्षीय बैठकले सबै स्थानीय तहमा खाद्यान्नको मौज्दात राख्ने निर्णय गरेको छ । जिल्लाका आठवटै स्थानीय तहले स्थानीय तहभित्र खाद्यान्न उपलब्धताको अवस्थाको अध्ययन गरी अपुग हुने स्थानमा सरकारीस्तरबाटै खाद्यान्न खरिद गरी मौज्दात राखिने भएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न लकडाउन लम्बिएको अवस्थामा खाद्यान्नको अभाव हुनसक्ने भएकाले मौज्दात राख्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी अधिकारी विनोदकुमार दाहालले जानकारी दिनुभयो । बैठकले सबै प्रकारका राहत वितरण गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहहरुले वडाबाट राहत वितरण गर्ने तथा राहत दिन चाहने गैरसरकारी क्षेत्रले स्थानीय तहको माध्यमबाट राहत वितरण गर्ने निर्णय गरिएको जिसअ दाहालले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य सीता थेवेको उपस्थितिमा सम्पन्न बैठकमा जिल्लास्थित सरकारी निकाय, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा रेडक्रसका प्रतिनिधि सहभागी थिए । खाद्य बैंक पनि पाँचथर उद्योग वाणिज्य सङ्घले लकडाउन प्रभावितलाई राहत दिन स्थापना गरेको खाद्य बैंकमा सात हजार किलो खाद्यान्न र रु तीन लाख ५३ हजार नगद सङ्कलन भएको छ । खाद्य बैंकमा सात हजार १५५ किलो चामल, २७० किलो नुन, २०० लिटर खानेतेल र २४५ किलो दाल सङ्कलन भएको छ । सङ्कलित खाद्य सामग्रीको कूल बजार मूल्य रु पाँच लाख २० हजार रहेको छ । यस्तै रु तीन लाख ५३ हजार ८२० नगद जम्मा भएको सङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!