शुक्रबार, चैत्र २८, २०७६ || 612  पटक पढिएको

जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ । खुला सिमानाको फाइदा उठाउँदै प्रहरीलाई छक्याएर कोही पनि नेपाल प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले स्थानीयवासीको सहकार्यमा सीमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणको समस्या भारतमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले तीन प्रहरी निरीक्षकको कमाण्डमा १६ स्थानमा गरी थप १५० प्रहरी सीमाक्षेत्रमा परिचालन गरिएको छ । सीमाक्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोबारीमा प्रहरीले अस्थायी बेसक्याम्प निर्माण गरेको छ । झापाको पूर्वीउत्तर सिमाना तिरिङखोलाबाट पश्चिम–दक्षिण सीमावर्ती क्षेत्र गौरीगञ्जसम्मको १४४ किलोमिटरको बोर्डरमा प्रहरीले अहिले सीमा निगरानी समितिसँग सहकार्य गर्दै सीमाको निगरानी गरिरहेको छ अहिले सीमावर्ती क्षेत्र काँकडभिट्टा, कुमरखोद, गौरीगञ्ज, राजगढ, कुञ्जीबारी, भद्रपुरलगायतका क्षेत्रमा सीमा निगरानी समिति निर्माण गरिएको छ । यता सशस्त्र प्रहरी बल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सीमाक्षेत्रको निगरानीका लागि १०० थप प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!