शुक्रबार, चैत्र २८, २०७६ || 555  पटक पढिएको

“केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।” आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा बन्द भएको छ । कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ । खानेकुरा पाउनासाथ हात नधोई हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ । अहिले जाजरकोट, डोल्पा र रुकुमपश्चिमका सबै ठाउँमा सरसफाइप्रति जागरण नै पैदा भएको छ । गाउँगाउँमा प्रहरी र स्थानीय सरकारको कोरोनाविरोधी गतिविधि व्यापकरूपमा प्रस्तुत भएको देखिन्छ । सबै उमेर समूहका सर्वसाधारण कोरोनाबाट जोगिन रेडियो, टेलिभिजन र अनलाइनमा आएका सन्देश र समाचारहरु प्राथमिकतामा दिन थालेका छन् । जाजरकोटका गाउँगाउँमा पानीको अभाव देखाएर हातखुट्टा साबुनपानीले सफा गर्न हिच्किचाउनेहरु आजभोलि सफा भएर मात्र घरभित्र आउने बानीमा रुपान्तरित भएका छन् । जाजरकोटको नलगाड नगरपालिका–९ का तुले कामीले भन्नुभयो, “हातखुट्टा नधोई घरभित्र आए साना छोराछोरीले कोरोना लाग्छ भनेर रोइकराइ गरेर नजिकसमेत आउँदैनन्, त्यसैले पनि सरससफाइ अनिवार्यजस्तै भएको छ ।” नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले सरसफाइप्रति ध्यान तान्न सबै ठाउँमा साबुन र मास्क वितरणको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । डोल्पाको ठुलीभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँगाउँमा नगरपालिका र प्रहरीको सक्रियामा जनचेतना फैलाएसँगै अधिकांश स्थानीयवासी हात हुने अनुशासनमा बाँधिएको बताउनुभयो । स्थानीय सरकारका आक्रामक गतिविधि जाजरकोट, रुकुमपश्चिम र डोल्पाका स्थानीय तहको कोरोनाबाट जोगिन आक्रामक कार्यक्रम गर्दै आएका छन् । जनचेतना जगाउने सबैभन्दा पहिलो तहमा प्रहरी, जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । स्थानीय सरकारले घरघरमा गएर मास्क वितरणदेखि साबुन उपलब्ध गराउँदै व्यवहार परिवर्तन गरी लकडाउनलाई सघाउन आग्रह गरिरहेका छन् । प्रत्येक घर बाहिर ड्रममा पानी राखेर हात धुनु सर्वसाधारणको पहिलो काम हुँदै आएको छ । सबै स्थानीय तहले वडास्तरमा विपत प्रतिकार्य समूह गठन गरेका कारण निगरानी बढाउन सजिलो भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । सामाजिक चेतनाका कामा गर्दै आएका गैह्रसरकारी संस्थाका गतिविधि भने अहिले सुस्ताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!