शुक्रबार, मंसिर २७, २०७६ || 1541  पटक पढिएको

भुवन दाहाल
हिपमत डटकम
बिराटनगर, मंसिर २७ गते ।

“स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद“ भन्ने नाराको साथमा आज बाट बिराटनगरको शहिद रंगशाला स्थित कबर्ड हलमा २ दिने महिला डिफेन्स किशोरी संग उपप्रमुख कार्यक्रम सुरु भएको छ। नेपाल खेलाडि तथा प्रशिक्षक संघ मोरंगको आयोजना र बिराटनगर महानगरपालिकाको सहकार्यमा उक्त २ दिने प्रशिक्षण आज बाट सुरु भएको हो। बिराटनगरको शहिद रंगशाला स्थित कबर्ड हल, पुष्पलाल चोक र रानी स्थित मिल्स एरिया गरि तिन स्थानमा चरण बद्ध रुपमा प्रशिक्षण आयोजना गरिने कार्यक्रम संयोजक नेपालि खेलाडी तथा प्रशिक्षक संघ मोरंगका अध्यक्ष बिमल पोख्रेलले बताउनु भयो। प्रशिक्षणमा सम्मिलित प्रशिक्षार्थिहरु लाई सुरज कामत , क्षितिज कोइराला, रिना श्रेष्ठ र किर्ति दुलाल लगायतको टोलीले प्रशिक्षण दिने छ। प्रशिक्षणमा बिराटनगरका निजि तथा सामुदायिक बिद्यालयमा ५ देखि ९ कक्षा सम्म अध्ययनरत करिब २०० बिद्यार्थीको सहभागिता रहने कार्यक्रम संयोजक पोख्रेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!