हिपमत डटकम
बिराटनगर, मंसिर २७ गते ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५४ औं वार्षिकोत्सव बिविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज दिउँसो आयोजित एक बिशेष कार्यक्रमका बिच ५४ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक ज्ञवालीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५४ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनु भएको छ। कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी संगठनले संगठनको आवश्यकता अनुरूपको सक्षम जनशक्ति उत्पादनका लागि प्रशिक्षण केन्द्रहरूहको विस्तार गर्ने क्रममा बि।स।२०२२ सालमा स्थापना भएको तालीम केन्द्रले हजारौ प्रहरी जनशक्तिलाई प्रशिक्षण प्रदान गरी ति हजारौ जनशक्तिले देशका कुनाकाप्चा सम्म छरिएर रहेका प्रहरी ईकाईहरूमा सेवा प्रदान गरिरहेको कुरालाई प्रष्ट पार्नु भएको थियो। प्रशिक्षण पद्दतिका स्थानमा भोलीका चुनौती र आवश्यकताहरूलाई सम्वोधन गर्न सक्ने खालको आधुनिक प्रशिक्षण पद्दतिको विकास गरी सुयोग्य जनशक्ति उत्पादन गर्ने दिशामा तालीम केन्द्रले उल्लेखनीय भूमिका खेल्नु पर्ने बताउदै उँहाले समयानुकुल प्रहरीलाई दिईने तालीममा समेत परिवर्तन गर्दै नागरिकमुखि प्रहरी उत्पादनमा जोड दिनु पर्ने समेत बताउनु भएको छ । वहाँले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालीम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यावसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो । वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले उत्कृष्ट काम गर्ने ४ जना प्रहरी कर्मचारीहरु तथा बाह्य प्रशिक्षकको रुपमा सहयोग गर्नु हुने पुर्व प्रहरी निरीक्षक देवेन्द्र बोगटीलाई नगद पुरस्कार तथा सम्मान पत्रले पुरस्कृत गरेको छ ।उनीहरुलाई प्रहरी नायव महानिरीक्षक ज्ञवालीले नगद पुरस्कारबाट सम्मान गर्नु भएको थियो। सोही अवसरमा महिला तथा पुरुष रस्साकस्सी, म्युजिकल चेयर तथा हण्डीफोर र पिलो फाइटमा प्रथम तथा द्धितीय खेलाडीहरुलाई समेत वहाँले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा फुटवल, बास्केटबल र महिला तथा पुरुष २ माईल दौड तर्फका बिजेता तथा उप(बिजेता खेलाडीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ट उपरिक्षक पुरुषोत्तम कडेलले पुरस्कार बितरण गर्नु भएको थियो भने टेबुल टेनिस, ब्याडमिन्टन तथा बाधापार प्रतोयोगिताका बिजेता तथा उप(बिजेतालाई शसस्त्र प्रहरी गण मुख्यालय रानीका गणपति सुदिपराज भण्डारीले पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक सुनिल कुमार दाहालले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजका मितिसम्म आईपुग्दा आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७५ हजार २ सय १ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको जानकारी गराउनु भएको थियो । कार्यक्रममा केन्द्रका समादेशक प्रवउ पुरोसोत्तम कडेलले उपस्थीत सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालीम केन्द्र निरन्तर अगाडी बढि रहेको बताउनु भएको छ । बार्षिकउत्सब कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, पूर्ब प्रहरीहरु, स्थानियहरु र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!