हिपमत डटकम
बिराटनगर ,मंसिर २७ गते ।

प्रदेश १ सरकारले भिजिट नेपाल २०२० काे प्रवर्द्धनका लागि विभिन्न क्षेत्रमा ख्याती कमाएका चारजनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेकाे छ।

प्रदेश सरकारले अाराेही काम्रिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, कलाकार दीपाश्री निराैला र पिन्कि राज गरियालाई सद्भावना दूत नियुक्त गरेकाे हाे।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश १ काे पर्यटन प्रवर्द्धनका लागि काठमाडाैंमा अायाेजना गरेकाे कार्यक्रममा मूख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतकाे प्रमाणपत्र प्रदान गरेका छन्।

मुख्यमन्त्री राईले प्रदेश १ लाई अाधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुराेध गरेका छन्।

मुख्यमन्त्री राईले प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठाेटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयाेजना बनाउने गृहकार्य भइरहेकाे जानकारी दिए।

भिजिट नेपाल २०२० मा प्रदेश सरकारले अाफ्नाे प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाे प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए।

कार्यक्रममा संघीय पर्यटनमन्त्री याेगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयाेग गर्न अाग्रह गरे।

उनले संघीय सरकारले पर्यटन क्षेत्रकाे विकास र प्रवर्द्धनकाे लागि प्रदेश सरकारलाई सहयाेग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!