बिहिबार, चैत्र २७, २०७६ || 776  पटक पढिएको

कालीकोट जिल्ला रास्कोट नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक वृद्धले सहयोग रकम प्रदान गर्नुभएको छ । रास्कोट नगरपालिकाका ७० वर्षीय पृथ्वीबहादुर बमले रु ४० हजार १०० बुधबार कोषमा जम्मा गर्नुभएको हो । । नगरपालिकाले स्थापना गरेको रु ५० लाखको कोषमा बमले सो रकमको चेक नगर प्रमुख काशीचन्द्र बरालमार्फत हस्तान्तरण गर्नुभाये । ‘मैले धेरै पैसा भएकोले सहयोग गरेको हैन ’, उहाँले भन्नुभयोे,‘लकडाउनको मारमा परी ठूलो विपत्मा परेका अतिविपन्न र दैनिक काम नगरी खान नपुग्ने मजदूरको लागि थोरै भए पनि राहत होस् भन्ने मेरो चाहना हो ।’ पृथ्वीमा आएको संकट सबै मिलेर हटाउनुपर्ने बमले बताउनुभयो । ‘म उमेर पुगेको वृद्ध हुँ । रोगबाट म यो धर्तीमा रहन पनि सक्छु, नरहन पनि सक्छु’ ,उहाँले भन्नुभयो, ‘ठूलो संकट आइलागेको देख्दा सानो भए पनि सहयोग गर्ने मन लाग्यो ।’ नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बमको सहयोगले मानव जातिमा आएको संकटलाई केही राहत दिने बताउनुभयो । स्थानीय तहद्वारा विपन्नलाई खाद्यान्न यहाँका स्थानीय तहले लकडाउनका मारमा परेका विपन्न तथा गरीब परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । ती परिवारमा लकडाउनका कारणले चुल्हो नै नबल्ने अवस्था आएका कारणले खाद्यान्न उपलब्ध गराइएको जनाइएको छ । रास्कोटले नगरभित्र रहेका गरीब परिवारलाई प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक किलो नुन उपलब्ध गराएको छ । नगर प्रमुख बरालले लकडाउनका कारणले कसैले भोकै बस्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्तै सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिका तथा तिला र खाँडाचक्र नगरपालिकाले पनि अतिविपन्न घरपरिवारलाई खाद्यान्नको व्यवस्था मिलाएका छन् । कालीकोटका स्थानीय तहहरुले लकडाउनका मारमा परेका विपन्न तथा गरीब परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । ती परिवारमा लकडाउनका कारणले चुल्हो नै नबल्ने अवस्था आएका कारणले खाद्यान्न उपलब्ध गराइएको जनाइएको छ । रास्कोट नगरपालिकाले नगरभित्र रहेका गरीब परिवारलाई प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक किलो नुन उपलब्ध गराएको छ । नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले लकडाउनका कारणले कसैले भोकै बस्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्तै सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिका तथा तिला र खाँडाचक्र नगरपालिकाले पनि अतिविपन्न घरपरिवारलाई खाद्यान्नको व्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!