झापाको बिर्तामोडमा लकडाउन उल्लंघन गर्नेलाई आजदेखि दुई घण्टा उभ्याउने।इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित मुक्तिचोकमा लकडाउन सेल तयार गरेको छ ।लकडाउनको समयमा मान्छेको चहलपहल बढ्न सक्ने भन्दै सेल तयार गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।आज बिहानबाट निर्माण गरेको सेल तयार भइसकेको छ, डीएसपी रिजालले भने – लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा उभ्याइने छ । साँझको समयमा बिर्तामोड क्षेत्रमा मानवीय चहलपहल बढेपछि बिर्तामोड प्रहरीले यस्तो योजना अघि सारेको हो ।