बुधबार, चैत्र २६, २०७६ || 1035  पटक पढिएको

कोरोना भाइरस विरुद्ध लड्न नागरिकको साथ पाएको सरकार कूटनीतिक समर्थन र सहकार्यमा भने चुकेको छ। नेपाली सेनाले स्वास्थ्य उपकरण आपूर्ति गर्ने जिम्मा पाएको पर्सिपल्ट दक्षिण कोरिया, चीन र सिंगापुरबाट यस्ता उपकरण ल्याउन सक्ने विवरण सरकारलाई दिनुले मुलुकको कूटनीतिक संयन्त्र फितलो रहेको पुष्टि हुन्छ। सेनाले रक्षा मन्त्रालयमार्फत कोरोना परीक्षण कीट्स ती देशहरुबाट ल्याउन सक्ने सोमबार अवगत गराएको थियो।

कूटनीतिक जग यतिबेला निकै कमजोर देखिएको छ। ‘झट्ट हेर्दा अहिलेसम्मकै बलियो सरकार सबै राम्रै हुनुपर्ने भन्ने लाग्छ, तर वास्तविकता त्यो छैन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘ती मुलुकबाट ल्याउन सकिन्छ भन्ने कुरा हाम्रा ती देशमा रहेका आवासीय वा गैरआवासीय दूतावासले प्रतिवेदन बनाएर पठाउनु पर्दैन रु यसमा परराष्ट्रमन्त्रीलगायत अन्य बसेर छलफल गर्नुपर्ने थिएन? यस्ता कुरा पनि सेनाले भन्नुपर्ने हो र ?’

नेपालमा ठूला भ्रमण भए, हाम्राले पनि विदेशमा निकै धेरै भ्रमण निकै गरे। त्यसले मात्र कूटनीति बलियो हुँदैन भन्ने पछिल्लो दृष्टान्त दिंदै ती अधिकारीले भने, ‘कूटनीतिक संयन्त्रले गर्नुपर्ने काम सेनाले गर्दैछ।’ विदेशमा रहेका हाम्रा कूटनीतिक नियोगको भूमिकामाथि यतिखेर प्रश्न उठेको आजको अन्नपूर्ण पोष्टमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!