मंगलबार, चैत्र २५, २०७६ || 762  पटक पढिएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सम्पूर्ण मानव जातिका लागि दुस्मन भएकाले यसविरुद्ध अग्रपङ्तिमा खट्ने चिकित्सक र सम्बन्धित सबैको मनोबल बढाउनुपर्ने बताउनुभएको छ । ज्योति ग्रुपले प्रदान गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर सामग्री आज बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिनुभयो । मन्त्री ढकालले विपद्का समयमा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ति धन्यवाद दिनुभएको थियो । मन्त्री ढकालका प्रेस संयोजक माधवराज तिवारीका अनुसार ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले उक्त सामग्री हस्तान्तण गर्नुभएको थियो । सो कम्पनीले दिएको होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा कीटनासक औषधि छर्नका निमित्त उपयोगी हुनेछ । ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!