मंगलबार, चैत्र २५, २०७६ || 574  पटक पढिएको

(कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल साबुन, ग्लोब, पञ्जा, सर्जिकल क्याप लगायतका रहेका छन् । मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत् जिल्ला स्वास्थ्य कार्यालयलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । त्यस्तै निर्माण व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष रत्न खड्काले १०० थान विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र गाउँपालिकालाई उपलव्ध गराउनुभएको छ । आजै ती सामग्री सबै स्थानीय तहमा पुग्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!