शुक्रबार, मंसिर २७, २०७६ || 2140  पटक पढिएको

हिपमत डटकम
विराटनगर ,मंसिर २७ गते ।

विराटनगर महानगरपालिका–४ चाँदनीचौकमा श्रीमानले चक्कु प्रहार गर्दा आज विहान एक महिला गम्भीर घाइते भएकी छन् ।
श्रीमान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीय सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको छ । गम्भीर अवस्थाकी सुस्मितालाई लाइफगार्ड अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको छ ।

उपचारमा संलग्न चिकित्सकले अवस्था गम्भीर रहेको जानकारी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । झापा घर भएका कार्की दम्पत्ति विराटनगर–११ वसपार्कमा डेरा बस्दै आएका थिए । दुवै जना बुधबार चाँदनी चौकस्थित सुस्मिताकी दिदी रीता कटुवालको घरमा पाहुना गएका थिए ।

पाहुना गएकै घरमा श्रीमान–श्रीमतीबीच सामान्य विवाद भएपछि डम्बरले चक्कु प्रहार गरेर श्रीमतीलाई मरणासन्न अवस्थामा पु¥याएको प्रहरीले जनाएको छ । डीएसपी खिँउजूले डम्बरलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!