
लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा ससस्त्र प्रहरी काे अस्थायी क्याप स्थापना गरेको छ । सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ । लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा लुकि छिपि नेपाल तर्फ नेपाली हरु अाउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सिमामा ससस्त्र प्रहरी थप केन्द्रित गरिएको छ ।
चैत्र ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आवतजावत रोक्न थप फौज परिचालन गरिएको माेरङका Sp नेत्रबहादुर कार्कीले बताए । भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न नदिन र सीमामा कडाइ गर्न निर्देशन आएपछि थप फौजलाई परिचालन गरिएको उनले बताए । कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सरकारले सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाएकाे र अहिले १ सय ५० जना ससस्त्र प्रहरीलाई नेपाल–भारत सीमामा खटाइएको हाे । खटाइएका थप जनशक्ति पहाडी जिल्ला र माेरङ र सुनसरीका गण र बेशक्याप बाट ससस्त्र प्रहरी ल्याएकाे कार्कीले बताए ।

भारतीय सीमा जोडिएकाेे बिराटनगर काे केशलिया देखि माेरङकाे रतुवामाई नगरपालिका काे बल्डङ्गा सम्म मा ३६ स्थानमा अस्थायी रुपमा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ । अधिकांश बीओपीमा २५ जनाले मात्रै सुरक्षा दिदै अाएकाे मा अहिले सिमा सुरक्षकाे लागि जनशक्ति थप गरिएको छ । थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन माेरङकाे धनपालथान अन्तर्गत तरिगमा,डुमरीया,खैरवना,पाेखरी डिल, हनुमान मंन्दिर,भलुवा नयाँ टाेल,अाँपगाछि,मायाँगञ्ज,गरि ७ स्थान र रंगेली नगरपालिका मा ३ स्थान र रतुवामाई र सुनवर्सि नाकामा सिक्टि बाेडर,साेनापुर,बल्डङ्गा,कुटुमगञ्ज,डाेरिया,थालगाछि गरि १६ स्थानमा २४ घन्टा अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको कार्कीले बताए ।
विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण सारेको भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको हाे । भारत ले समेत सिमा सुरक्षामा बाक्लाे उपस्थितिमा SSP हरु समेत खटाएर अावत जावतमा थप कडाई गरिएको छ ।