मंगलबार, चैत्र २५, २०७६ || 589  पटक पढिएको
कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ । सो गाउँपालिकामा चैत १ गतेयता नौ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए । सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो । विदेशबाट फर्केकाको सम्पर्कमा पुगेका चार जना आफन्तलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिनुभयो । जिल्लामा सोमबार साँझसम्म ११ जना महिला र ४३ जना पुरुष गरी ५४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको हो । हालसम्म नौ जना कोरोना भाइरसको लक्षणसँग मिल्ने विरामीहरुको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!