शुक्रबार, मंसिर २७, २०७६ || 1403  पटक पढिएको

हिपमत डटकम
कास्की ,मंसिर २७ गते ।
द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुलेशुक्रबार द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड बिस्ट्रोमा विषेश सांगितिक प्रस्तुती राख्ने भएका छन् ।
हल्लनचोकबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रेष्टुरेण्टमा भुजुले साँझ ६ बजेदेखी १० बजे सम्म नेपाली पुराना तथा नयाँ क्लासिक गितहरु गाउने छन् ।
युट्युबमा चर्चित रहेका गायक भुजुले पहिलोपटक पोखरामा प्रस्तुती दिन लागेका हुन् ।
द टुरिष्ट रोडका संचालक अर्जुन सुवेदीले गाह्रकहरुलाई लक्षित गर्दै प्रत्येक महिना विषेश सांगितक कार्यक्रम राख्ने योजना अनुरुप सांगितक कार्यक्रम आयोजना गरिएको बताए ।
उनले उक्त दिन मेनुमा रहेका परिकार तथा पदार्थहरुमा कुनैपनि अन्य शुल्क नजोडिने जानकारी दिए ।
शुक्रबारको लाइभ बार्बे क्यु सहीतको क्याम्प फायरको समेत व्यबस्थापन गरिएको सुवेदीले बताए ।
‘जाडोको समय पनि छ ग्राहक तथा दर्शकहरुलाई थप रमाइलो बनाउने उद्धेश्यले लाइभ बार्बे क्यु सहीतको क्याम्प फायर गर्नेछौं’,उनले भने ।
कार्यक्रममा नमस्ते वियर मुख्य प्रायोजक, ओल्ड मंक र J89 हिव्स्की सह प्रायोजक , मोर्डन देवदर्शन इन होटल पार्टनर र बगैंचा रिर्सोट हस्पिटालिटी पार्टनरको रुपमा रहेका छन् ।
टुरिष्ट रोडमा करिब २ सय जना अट्ने क्षमता रहेको छ ।
उक्त दिन दर्शकहरुलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको संचालक सन्तोष खनालले जानकारी दिए ।
करिब ५ वर्ष अघि सुवेदी र खनालले संचालनमा ल्याएको उक्त रेष्टुरेण्ट शहरको कोलाहलबाट केही पर शान्त अनि फेवातालको सुन्दर दृश्य देख्न पाइने भएका कारणपनि ग्राहकहरुको लागी रोजाईमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!