मंगलबार, चैत्र २५, २०७६ || 822  पटक पढिएको

कोरना भाइरसबाट बच्न जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्यवंसेवीरुपमा रक्तदान गर्न थालिएको छ । टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार केन्द्र, ताहाचलको सहयोगमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । समितिका अध्यक्ष प्रदीप केशीले विषम परिस्थितिमा विरामीलाई रगतको अभाव नहोस् भनेर टोलटोलमा रक्तदान हुनुपर्ने बताउनुभयो । समितिका सचिव दानप्रसाद अधिकारीले धेरै भीडभाड गर्न नहुने भएकाले पहिलो चरणमा सीमित सङ्ख्यामा कार्यक्रम गरिएको र आवश्यकतानुसार पछि पनि यस्ता कार्यक्रमको निरन्तरता दिइने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!