मंगलबार, चैत्र २५, २०७६ || 582  पटक पढिएको
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको हो । नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत सङ्कलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । यस्तै बैठकले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बस्नेतले उल्लङ्घन गरेको आरोप नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लकडाउनका अवधिमा सरकारको नीति विपरीत कार्यकर्तासहित राहत बाँड्न निस्किएपछि विवाद उत्पन्न भएको छ । जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत गर्ने भन्ने निर्णय गरेका बेला यसरी आउँदा महामारी फैलन सक्ने भनी स्थानीयले चिन्ता व्यक्त गरेका छन् । प्रहरीको अनुरोधलाई स्वीकार नगरी उहाँ सोमबार त्रिपुरासुन्दरी गापा–२ चोकटीमा स्वास्थ सामग्री लिएर पुग्नुभएको थियो । केही दिनअघि उहाँले बाह्रबिसेमा गर्नुभएको खाद्यान्न वितरण पनि विवादित भएकोे थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुनकोशी गाउँपालिका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको बताउनुभयो । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन शै्यया बाँड्दै हिँडेर बस्नेतले सस्तो प्रचार गरेको लामाको भनाइ छ । बाह्रबिसे नगरका प्रमुख निमफुञ्जो शेर्पाले प्रेस विज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शङ्का उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भीर उल्लङ्घन भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!