सोमबार, चैत्र २४, २०७६ || 837  पटक पढिएको

कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ।रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ ।४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृतक बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो।मृत्यु हुनु केही दिनअघि उनी अस्पतालमा जाँचका लागि पुगेपनि केही औषधि लिएर काम गर्ने घरमै आरामरत थिइन् ।दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।उनी ९ वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्। उनको श्रीमान डोलराज एक महिनादेखि भिजिट भिसामा युएईमा नै थिए।कोरोनाको सन्त्रासको बेला मृतकको शव नेपाल लान नसक्ने भएकाले यतै दाहसंकार गर्ने बिनुका आफन्त हेमराज भण्डारीले रातोपाटीलाई बताए।यता नेपाली दुतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले भने यो विषयमा जानकारी आइनसकेको बताइन् ।युएईमा ११ नेपाली संक्रमित भएका छन् । २ जना भने निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!