हिपमत डटकम

झापा,मंसिर २६।

भ्वाइस अफ नेपालका बिजेता राम लिम्बूले आज आफ्नै ठाउँ झापाको दुधेमा सुन साइली गित गाउदा उपस्थित सबै दर्शकले आँसु थाम्न सकेनन । किराती हरुको उधौली पर्बका अवसरमा लागेको बृहत् मेलामा आएका रामले धेरै नै गितहरु गाएर सबैलाई नचाएका छन । आफुलाइ भ्वाइस अफ नेपाल बनाउनमा तपाईहरु सबैको हात र साथ छ । यो साथ सधै रहि रहन्छ भन्ने ठूलो आशा छ । तपाइँहरुको साथ बिना म अधुरो अनि अपुरो हुन्थे भनेपछी एकाएक भावुक बनेका रामलाई देखेर सबै भावुक बने । गरिब परिवारका रामको कथा अनि ब्यथा सबैलाई थाहै छ । रामले भ्वाइस जितेपछी आफ्नै ठाउमा यति धेरैले दिएको साथ कहिल्यै नबिर्सने बताए । आफुलाइ प्रमोद खरेलले स्टिल गरेर यहाँसम्म ल्याउनुभएको भन्दै भावुक बने । आउट भैसकेको रामलाई आफुले राखेर बिजेता नै बनाएको भनेर भावुक हुँदै मेरा भगवान प्रमोद खरेल भन्दै आँसु नै झारे । बिस्तारै गित गाउन सुरु गरेका रामले एकपछि अर्को गित गाएर सबैलाई मनोरञ्जन दिलाए । यो मन त मेरो नेपाली हो गाउदा सबैलाई उफारेका रामले मुग्लान हेर जादै छु पछि सुन साइली गाउँदा राम भावुक बनेपछि उपस्थित सबैले आँसु रोक्न सकेनन । तलको भिडियो हेर्नुहोला तपाइँको मन पनि रुनेछ । https://youtu.be/ZFWgz-IBR1I

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!