खबर ठुलो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । उहाँले देशमा ‘कोभिड १९’ का सङ्क्रमितहरु बढ्दै गएको देखिएपछि सबै भारतीय नागरिकलाई लकडाउनमा घरैमा बसेर सहयोग गर्न अपिल गरिएको प्रसंग उल्लेख गर्दै यस्तो अवस्थामा नागरिकलाई परेका समस्याहरुको समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । भारतीय जनता पार्टीको ४० औँ स्थापना दिवसका अवसरमा उहाँले आफ्ना कार्यकर्ताहरुलाई देश यतिबेला महामारीमा परिरहेकोले यस्तो बेलामा खटेर काम गर्न र आवश्यकताअनुसार नागरिकका समस्या र अप्ठेरोहरुमा सघाउन पनि आह्वान गर्नुभयो । सबै भारतीय नागरिकले प्रतिबद्धता र सहयोगका साथ लड्ने हो भने भारतलाई कोरोना मुक्त देश बनाउन धेरै गाह्रो नभएको उहाँले बताउनुभयो । कोरोना भाइरसको बारेमा नागरिकमा जानकारी गराउने, चेतनामूलक कार्यक्रमहरुलाई नागरिकको घर दैलोमा लैजाने र सामाजिक दुरी कायम गरेर देशमा कोरोनाका विरुद्धमा लड्ने र त्यसलाई परास्त गर्ने काम गर्न उहाँले भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको हो । विश्वमा नै प्राणघातक यस भाइरसले प्रभाव पारिरहेका बेला भारतमा पनि पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ ४ देखि ५ सयका दरले कोरोना संक्रमितको संख्या बढ्दै गएको बताइएको छ । साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाका सङ्क्रमितहरु उपचारपछि निको भएर घर पनि फर्किएका छन् । उपचारपछि २९२ जना घर फर्र्किएका छन् । अरु हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।

सोमबार, चैत्र २४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया