हिपमत डटकम
मोरङ ,मंसिर २६ गते ।

गोग्राहा कलेज शिक्षा बिषय पढने विद्यार्थीको प्रमुख रोजाईमा परेको छ । विराटनगर बरगाछी चौकमा रहेको गोग्राहा कलेजले शैक्षिक र भौतिक विकासका लागि योजना तर्जुमा गरी नयाँ ढंगबाट अगाडी बढने भएको छ । आज कलेजमा भएको एक कार्यक्रममा कलेजका प्रमुख गोविन्द प्रसाद अधिकारीले कलेजको प्राज्ञिक उन्नयन र भौतिक बिकासका लागि विराटनगर बासी लागि परेको र त्यसका लागि योजना तर्जुमा गर्ने काम भईरहेको बताए ।
गत मंशीर ५ गते कलेजको विकासका लागि विराटनगर महापालिकाका प्रमुख भिम पराजुली, वडा नं. ४ का बडा अध्यक्ष देवेन्द्र पोखरेल, वडा नं. ५ का वडा अध्यक्ष मीन कुमार आचार्य, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा इकाई कार्यलयका प्रमुख, नेकपाका सागर थापा लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका अग्रज बुद्धिजिवी, प्राध्यापक लगायतको उपस्थितीमा कलेजको बृत्ति विकासका लागि व्यापक छलफल भई विकासका लागि योजना तर्जुमा गर्न समाजसेवी सुनिल पौडेलको अध्यक्षतामा ९ सदस्य समिति गठन भयोे ।
त्यसै अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख भिम पराजुलीले नव गठित समितिले खाका बनाएर ल्याई सके पछि बार्षिक एक करोड सम्म रकम उपलब्ध गराउने आस्वासन दिए ।
गठित समितिले कलेजको विकासको खाँका बनाउने, विधान बनाउने, बृद्धि विकासका लागि सम्पूर्ण पक्षसंग छलफल गरि प्रतिवेदन तयार पार्ने कार्य सुरु भै सकेको समितिका एक सदस्य लक्ष्मण गौतमले बताए । साथै कलेजको दिगो विकासका लागि एक करोड बराबरको अक्षयकोष स्थापना गर्ने बिषयमा छलफल भएको सोका लागि समेत योजना बन्ने उनले जानकारी दिए ।
समुदायद्धारा संचालित सामुदायिक कलेजको रुपमा २०५७ साल देखि अनवरत रुपमा हजारौ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको यो कलेज विराटनगरमा मात्र नभएर देशको पूर्वी भागमा प्रसिद्ध छ । यस कलेजमा अध्ययन गरेका विद्यार्थी बेरोजगारी भएर बस्नु परेको छैन । यस कलेजलाई विश्वविद्यालय अनुदान आयोगले समेत शैक्षिक गुणस्तरियताका लागि बार्षिक अनुदान उपलब्ध गराउने गरेको छ ।

कलेजमा ४ बर्षे र एक बर्षे वी.एड. शैक्षिक कार्यक्रम संचालित छ । कलेजमा हाल विद्यार्थीको राम्रो आर्कषण रहेको र अझै पनि धेरै विद्यार्थी भर्नाका लागि आईरहेको कुरा कलेज प्रमुख अघिकारीले बताए ।
नेपालमा नै पहिलो पल्ट वी.एड कार्यक्रममा बीस प्रतिशत आन्तरिक मूल्याङ्कनको व्यवस्था गरिएको छ । जसले अलिकति मेहनत गर्छ उसले प्रथम श्रेणीमा पास गर्न सक्छ । त्यस्तै कलेजले कुनै स्कूलमा अध्यापनरत् व्यक्ति र कुनै महिला पढन आए एकमुष्ठ तीन हजार छुट दिने गरेको छ । कलेजमा अझै पनि ४ बर्षे र एक बर्षे वी.एड.मा भर्ना खुल्ला नै रहेको जानकारी गराएको छ ।
कलेजमा एकदमै अनुभवी प्राध्यापकहरु हुनु, विद्यार्थीको लागि उपयुक्त वातावरण हुनु विद्यार्थी केन्द्रीत विधिद्धारा शिक्षण सिकाई क्रियाकलाप संचालन हुनु, पुस्तकालयको राम्रो व्यवस्था हुनु आदीले गर्दा वी.एड. पढन चाहनेका लागि विराटनगरको एक मात्र उपयुक्त कलेज हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!