हिपमत डटकम
मोरङ ,मंसिर २६ गते ।

नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्ने दावी गरेका छन् । जी.पी. कोइराला अध्ययन केन्द्रले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभालाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् ।
कम्युनिष्टको गढको रुपमा चिनिने ३ नम्बर क्षेत्रमा अव कांग्रेसले वडादेखि प्रतिनिधिसभासम्म बिजय प्राप्त गर्ने नेता शर्माको दावी छ । अहिले कांग्रेसलाई मलजल गरेर जनप्रिय बनाउँने काम भईरहेको भन्दै डा.शर्माले अव जनताको मन जितेर बिजयको झण्डा फहराउँने दिन नजिकिदै गएको बताए । ‘दुई बर्ष बितिसक्यो, अव तीन बर्ष बाँकी छ ।’ उनले भने ‘जनताको प्रतिक्षाको घडी नजिकिदै छ, अव कांग्रेसले ३ नम्बर क्षेत्रमा क्लिन स्वीप गरेर देखाउँछ ।’

चाईनिज बाँसको उदाहरण दिदैं डा.शर्माले भने ‘पाँच बर्षसम्म मजलज गरेपछि मात्र चाईनिज बेम्बो बाँस उम्रन्छ र उम्रिएको पाँच हप्तामै ९० फिट ह्वात्तै बढ्छ । यसरी नै अव ३ नम्बर क्षेत्रमा कांग्रेसको मलजल पुरा हुँदैछ, अव बिजयको झण्डा फहराउँने दिन आउँदैछन् ।’
नेकपाका नेताको झुटो आश्वासन कै कारण कम्युनिष्टको लालकिल्ला तोडिदै गएको उनले बताए । सुकुम्वासी समस्या समाधान गर्ने झुटो आश्वासन बाढेर जनताको मत प्राप्त गरेर बिजयी बनेका मन्त्री भानुभक्त ढकालले जनतालाई झुक्याएको शर्माको आरोप छ ।

गरिब, बिपन्न तथा असहायलाई निःशुल्क उपचार गर्दा नेकपाका नेतालाई टाउँको दुखाई भएको भन्दै उनले अरुको इस्र्या नगरी जनताको सेवा गरेर देखाउँन मन्त्री ढकाललाई चुनौति पनि दिए । हामीले दुखी गरिबलाई सेवा गर्दा नेकपाका नेताहरु ‘एम्बुलेन्स आतंक’ मच्चायो भन्न थाल्नु भएको छ ।’ नेता शर्माले भने ‘तपाईहरु शक्तिमा हुनुहुन्छ, सरकारी सम्पत्ती प्रयोग गरेर जनताको सेवा गर्नुस्, हाम्रो ईस्र्या गर्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!