सोमबार, चैत्र २४, २०७६ || 554  पटक पढिएको

भारतसँंग सीमा जोडिएका कैलालीका दुई स्थानमा सशस्त्र प्रहरीको जाँचचौकी (बीओपी) स्थापना गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर ८ स्थित श्रीलंकामा र भजनी नगरपालिका वडा नम्बर ३ स्थित कुसुमघाटमा सशस्स्त्र प्रहरीको अस्थायी जाँचचौकी स्थापना गरिएको बिओपी खक्रौलाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै स्थानमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १०÷१० जनाको टोली राखिएको छ । ‘‘नेपाल भारत लुकिछिपी आवतजावत गर्नेलाई नियन्त्रण गर्न सजिलो हुन्छ’’, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, ‘‘सीमा क्षेत्रमा जोखिममा रहेका नागरिकले राहत महसुससमेत गरेका छन् ।’’
रावलले सबैलाई लकडाउन पालना गर्न आग्रह गर्दै भारतबाट आउनेहरु संक्रमित हुनसक्ने भएकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गर्नुभयो । ‘‘हामीले ज्यालादारी गर्ने र अति विपन्नका लागि राहतको प्याकेज ल्याइसकेका छौंँ ।’’ रावलले भन्नुभयो, ‘‘लकडाउन पालना गर्नुहोस्, हामी नागरिकलाई भोकै मर्न दिने छैनौंँ । केही समस्या भए नगरपालिकाको टोल फ्रि नंमा फोन गर्नुहोला ।’’
टीकापुर र प्रतापपुर नमूना सङ्कलन
टीकापुर नगरपालिकाको टीकापुर बहुमुखी क्याम्पस र प्रतापुरस्थित क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोभिड –१९ परीक्षणका लागि नमूना संकलन गरिएको छ । क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसिरहेका ३७ नागरिकको नमूना संकलन गरिएको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । ‘‘हामीले क्वारेन्टाइमा रहेकाको नमूना संकलन गरेका छौंँ’’, रावलले भन्नुभयो, ‘‘हामी सतर्कता अपनाएर काम गरिरहेका छौंँ ।’’
उता लम्की चुहा नगरपालिकाको प्रतापपुरस्थित क्वारेन्टाइमा रहेकाहरुको पनि नमूना संकलन गरिएको छ । जानकी गाउँंपालिकाको दुर्गौलीमा रहेको क्वारेन्टाइनमा रहेकाहरुको भने सोमबार नमूना संकलन गरिने जनाइएको छ । त्यस्तै टीकापुरले आइतबारदेखि नगरका विभिन्न क्षेत्रमा कीटनाशक औषधिमार्फत सेनिटाइज गर्न शुरु गरेको छ । सर्वसाधारणहरुको जम्मा हुने मुख्य बजार, तरकारी बजार, मुख्य सडकलगायत क्षेत्रमा सेनिटाइज गर्न शुरु गरिएको रावलले जानकारी दिनुभयो । टीकापुर १ भित्र रहेका तरकारी बजार, खड्गचोक, बसपार्कलगायत स्थानमा सेनिटाइज गरिएको छ । अन्य क्षेत्रमा समेत सेनिटाइज गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!