सोमबार, चैत्र २४, २०७६ || 1210  पटक पढिएको

बाघलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । न्युयोर्कको चिडियाघरमा रहेको बाघलाई कोरोना भाइरसको संक्रमण भएको हो ।
सीएनएनका अनुसार बाघको टेष्ट गर्दा संक्रमण पत्ता लागेको हो । बाघलाई चिडियाघरका कामदारबाट सरेको हुनसक्ने बताइएको छ ।
ब्रोनक्स चिडियाघरमा दुईवटा अमुर बाघ र तीनवटा अफ्रिकन सिंहलाई पनि सुख्खा खोकी आएको छ । त्यहाँ अन्य जनावरलाई पनि संक्रमण भेटिएको हुनसक्नेबारे जाँच हुन गइरहेको जनाइएको छ ।चिडियाघरले बाघको राम्रो हेरचाह गरिरहेको जनाएको छ । उसले संक्रमित बाघ चार वर्षको पोथी भएको जनाएको छ ।सँसारभर मानिसमा फैलिइरहेको कोरोना भाइरस कुकुर र बिरालोमा पनि सरेको पुष्टि भएपनि बाघमा पहिलोपटक संक्रमण भएको पत्ता लागेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!