आइतबार, चैत्र २३, २०७६ || 1578  पटक पढिएको

रातको समय प्रहरी चिहानमा पुग्यो । २५ वर्षीया उर्मिला देवी पंडितको शव आधा जलिसकेको थियो । प्रहरी पुगेर नियन्त्रणमा लियो । आगो निभाउन लगायो र शवको मुचुल्का उठाएर अनुसन्धानका लागि लग्यो ।

घटनालगत्तै प्रहरीले तीन जनालाई शनिबार राति पक्राउ गरेको छ । उनीहरुलाई बुहारी उर्मिला देवीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु बहुदरमाई नगरपालिका रामनगरीका सुरेश पंडित, उनकी श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी मालती देवी समेत ३ जना छन् । उनीहरुले २५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको जनाएको छ । मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिई गई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!