बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बडिरहेकाे अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइन काे स्थापना गरेको छ ।काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेड काे क्वारेन्टाइन स्थापना गरेको हाे । रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्पस काे भवनमा २० बेड र रंगेली अस्पतालमा ५ बेडकाे क्वारेन्टाइन स्थापना गरिएको नगरपालिका का मेयर दिलिप बगडियाले बताए । भारत तथा बिदेश बाट अाएका जाे काेहि लाई समेत १४ दिन सम्म काे लगि क्वारेन्टाइन मा राख्नका लागि स्थापना गरिएको बताए । केही दिन अागडि रंगेली अस्पतालमा भारत काे दिल्ली बाट अाएका सुनबर्सि नगरपालिका का तीन जना लाई रंगेली अस्पतालमा रहेकाे क्वारेन्टाइन मा १४ दिनका लागि राखिएको छ । नगरपालिकाले उनिहरुका लागि निशुल्क खाना काे सेमत ब्यवस्थापन गरेको छ । जनता क्याम्पस मा स्थापना गरिएकाे क्वारेन्टाइन मा २४ घन्टा अहेव डाक्टर सहित काे टिम र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र ससस्त्र प्रहरी काे क्वारेन्टाइन मा रहेका बिरामी हरुकाे निगरानी गरिने मेयर बगडिया ले बताए ।