आइतबार, चैत्र २३, २०७६ || 899  पटक पढिएको

रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ । किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन् । उनीहरुले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताउनुभयो । भुमे गाउँपालिका वडा नम्बर २ की बलकुमारी बुढाले पनि आफूले उत्पादन गरेको सबै सिमी बिक्री गरिसक्नुभएको छ । शिक्षक र व्यापारीले समेत चामलसँग सिमी साटेर बजारसम्म पु¥याउने गरेका छन् । चामलसँग साट्दा सिमीको कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताउनुभयो । भुमे गाउँपालिकाको वडा नम्बर १, २, ३ र अन्य वडामा पनि प्रशस्त मात्रामा सिमी उत्पादन हुने र चामलसँग नै सिमी साट्ने गरिन्छ । व्यापारीले दुई बोरा चामल दिएपछि आफुले एक बोरा सिमी दिने गरेको र त्यो सिमी व्यापारीले बजारमा लगेर दोब्बर रुपैयाँमा बेच्ने गरेको बलकुमारीले बताउनुभयो । गाउँबाट चामलसँग साटेर ल्याएको सिमी व्यापारीले बजारमा रु.६ सयदेखि रु. १ हजार प्रतिपाथी बेच्ने गरेका छन् । जिल्लाको अधिकांश क्षेत्रमा धान उत्पादन हुँदैन, मुख्य खाद्यान्न बाली भनेकै मकै, गहुँ, आलु हो । भात खानका लागि हुनेहरुले सिमी साटफेर गर्छन् भने नहुनेले किनेर खान्छन् । गाउँको उत्पादनले भनेजस्तो बजार नपाएको सिस्ने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । सडकसञ्जालमा नजोडिएको त्यस क्षेत्रमा उत्पादन हुने हरेक बस्तुहरुको अवस्था यस्तै रहेको छ । प्रशस्त मात्रामा उत्पादन हुने आलु पनि बजार पुर्याउन नसक्दा कुहिएर खेर जाने गरेको छ । वडामा जहिलेसम्म सडक पुग्दैन त्यतिबेलासम्म समस्याको अन्त्य नहुने वडा अध्यक्ष बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!