हिपमत डटकम
काठमाडौं,मंसिर २६ गते ।

गायिका अन्जु पन्त र गायक बादल लिम्बुको नयाँ गीती एल्वम “बोलाउ तिमी”को नयाँ भिडियो बजारमा आएको छ ।
उक्त नयाँ गीतलाई ओ एस आर डिजिटलले बजारमा ल्याएको हो । गीतमा बादल लिम्बुको संगीत र भद्रकला आङबुहाङ राईको शब्द चयन रहेको छ ।
गीतमा लक्ष्मु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन् । पहिलो नेपाली आइडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीतहरू सार्वजनिक भैसकेका छन । यसअघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!