आइतबार, चैत्र २३, २०७६ || 1125  पटक पढिएको

कोभिड–१९को संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेका कारण अर्थाभावले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई विदुर नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नं ३, ४, ६, ७ र १२ मा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका करीब पाँच सय मजदूरलाई राहत प्रदान गरेको हो । यसअघि वडा नं १ मा पनि राहत वितरण गरिसकिएको छ । हालसम्म ६ वटा वडाका ५३६ जनालाई राहत प्रदान गरिएको नगर प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार अन्य वडामा राहतका लागि विपन्न परिवारको नाम संकलन भइसकेको छ । नगर क्षेत्रका असंगठित मजदूर र विपन्न परिवारलाई कम्तीमा एक साताका लागि पुग्ने खाद्य पदार्थ उपलब्ध गराइएको छ । संगठित क्षेत्र इँटाभट्टा र कलकारखानाका मजदूरलाई भने सम्बन्धित मालिकले नै काम नभएका बेलामा पनि खाद्य सामग्री दिनुपर्ने नीति बनाइएकाले संगठित क्षेत्रका मजदूरलाई भने नसमेटिएको प्रमुख पण्डितले बताउनुभयो । परिवारमा १५ वर्ष उमेरमाथिको परिवार संख्याका आधारमा खाद्य सामग्री प्रदान गरिएको छ । प्रतिव्यक्ति पाँच किलो चामल, एक लिटर तेल, एक एक किलो दाल र नुन तथा दुई साबुन उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!