खबर ठुलो छ

युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो । बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना गर्नु परेका वित्तीय र तरलता अभावलाई सम्बोधन गरिएको छ । नयाँ कदममा डिमान्ड डिपोजिटमा यसअघि बैंकहरुले राख्नुपर्ने सुरक्षणलाई १५ प्रतिशतबाट ७ प्रतिशतमा झारिएको छ जसबाट ग्राहकले बाँकी रकम बैंकबाट झिक्न पाउने छन् । यसबाट बैंकहरुसँग करिब १७ अर्ब डलर तरलता उपलब्ध हुनेछ । युएईमा हालसम्म एक हजार ५०५ जना कोरोनाभाइरसबाट संक्रमित व्यक्ति छन् भने १० जनाको मृत्यु भएको छ । युएईमा हाल यात्रामा प्रतिबन्ध लगाउनुका साथै सपिङ मल र मनोरञ्जनका स्थलहरु बन्द गरिएका छन् । गत शनिबार रातिदेखि नै दुबईमा दुई साता लामो लकडाउन घोषणा गरिएको छ । सरकारले दुबईमा व्यापक स्वास्थ्य परीक्षण अभियान चलाउने निर्णय पनि गरेको छ

आइतबार, चैत्र २३, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया